Logo

Oct 29 2026

अरबमा खिचिएकाे भिडियाे नागढु‌ङ्गाकाे सुरुङ भन्दै टिकटकमा पोस्ट गरियो

अरबमा खिचिएकाे भिडियाे नागढु‌ङ्गाकाे सुरुङ भन्दै टिकटकमा पोस्ट गरियो

  • दाबी: नेपालमा निर्माणाधीन नागढु‌ङ्गा सुरुङ मार्गतर्फ संकेत गर्दै एउटा भिडियाे भाइरल ।

    जाँच नतिजा: भ्रामक


    केही दिनयता टिकटकमा एउटा भिडियाे भाइरल छ । नागढुंगा नाैबिसेबाट सिधै काठमाडाैँ जाने सुरुङ मार्ग भन्दै गुडिरहेकाे गाडिबाट खिचिएकाे भिडियाेमा सुरुङ मार्ग देखाइएकाे छ । @gauleketo9898 नामकाे टिकटक अकाउन्टमा उकरत ३० सेकेण्ड लामाे भिडियाे पाेस्ट गत साउन १८ गते गरिएकाे थियाे । त्यसयता त्यसलाई २० लाखभन्दा बढी पटक हेरिएकाे छ भने ६८ हजारभन्दा बढी लाइक गरिएकाे छ ।

    भिडियाेसँगै “रेलै सरर” भन्ने दाेहाेरी गीत राखिएकाे छ । ती टिकटक प्रयाेगकर्ताले आफूलाई “गाउँले केटाे म” भनेर चिनाएका छन् भने नाम हरी गाेदार थापा क्षेत्री र ठेगाना भरतपुर, चितवन उल्लेख गरेका छन् । तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिला उनका अरु भिडियाेहरु हेर्याैँ । त्यसबाट उनी साउदी अरबमा कार्यरत नेपाली कामदार रहेकाे थाहा भयाे । उनी गाडि चालककाे रुपमा काम गर्ने हुनाले आफ्नाे यात्राका भिडियाे टिकटकमा पाेस्ट गरेकाे देखिन्छ ।

    के हो तथ्य?

    हामीले भिडियाेलाई नजिकबाट पटक-पटक हेर्याै । चिल्लाे पिचबाट एउटा सेताे कारकाे पछि लाग्दै सुरुङ भित्र छिरेकाे दृश्य छ । सुरुङकाे प्रवेशद्वारमा नीलाे र‌ंगकाे बाेर्ड छ । त्यसमा भएका शब्दलाई गुगलकाे सहायताले अनुवाद गर्दा त्याे अरबी भाषामा भएकाे थाहा भयाे । अरबी भाषा अरबका धेरै देशमा बाेलिने भएकाले हामीले साउदी अरबकै सुरुङकाे बा रे मा गुगल र युट्युबमा खाेजी गर्याैँ । त्यसका लागि उनकाे टिकटकमा गरिएका कमेन्टलाई आधार बनायाैँ । कमेन्टमा कतिपयले त्याे साउदीकाे अरबकाे अल बहा सडककाे सुरुङ हुनसक्ने बताएका छन् ।

    खाेजीका क्रममा हामी माइक भियाडाे नामक युट्युब च्यानल पुग्याैँ । “अल बहाज ट्वेन्टी फाइभ टनेल्स” शीर्षक राखी ९ वर्षअघि उनले २७ मिनेट लामाे भिडियाे पाेस्ट गरेका रहेछन् । साे भिडियाेकाे ५ मिनेट ४८ सेकेण्डदेखि भाइरल भिडियाेकै सुरुङ देखिन्छ । ३० सेकेण्डपछि माइककाे भिडियाेमा सुरुङकाे अर्काे पट्टिकाे दृश्य देखिन्छ । डेन्जरस राेड्स भन्ने वेबसाइटमा पनि उक्त सुरुङ बा रे सामग्री प्रकाशित छ ।

    भाइरल भिडियाेमा भएकाे दृश्यसँग हामीले यस भिडियाेमा भएकाे सुरुङबाट निस्किँदाकाे दृश्य तुलना गर्याैँ । सडककाे बनावट, त्यहाँकाे पहाडकाे आकार आदि मिलेकाेले भाइरल भिडियाेकाे दृश्य साउदी अरबकाे उक्त सुरुङकाे हाे भन्ने पत्ता लाग्याे । तसर्थ नेपालमा निर्माणाधीन नागढु‌ङ्गा सुरुङ मार्गकाे भिडियाे भन्दै टिकटकमा फैलाइएकाे उक्त दाबीलाई हामीले भ्रामक ठहर गरेका छाैँ ।

    (नेपाल चेकमा प्रकाशित तथ्यजाँचमा आधारित)

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend